
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्यकर्मीलाई अबदेखि दैनिक ८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने भएको छ। राष्ट्रिय समावेशी आयोगले स्वास्थ्यकर्मी (चिकित्सक, नर्स र पारामेडिकल) लाई दैनिक ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।
स्वास्थ्यकर्मीहरुको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै भएको भन्दै आयोगले ५ भदौंमा स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको छ। आयोगले स्वास्थ्यकर्मीसँग गरेको अन्तक्रिया र अध्ययनबाट स्वास्थ्यकर्मीलाई अस्पतालहरुले निरन्तर २४ घण्टादेखि ३६ घण्टासम्म काममा लगाउने गरेको पाइएको थियो।
त्यसपछि आयोगको २ भदौमा बसेको बैठकले प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी कार्य नगराउन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यन्वयन गराउन ५ भदौंमा आयोगले मन्त्रालयलाई पत्राचार गरेको हो ।
आयोगले श्रम ऐनअनुसार हप्तामा ४८ घण्टाभन्दा बढी काममा नलगाउन, प्रतिदिन ४ घण्टाभन्दा बढी र हप्तामा २४ घण्टाभन्दा बढी काममा नलगाउन र अतिरिक्त समयमा काममा लगाइएको अतिरिक्त भुक्तानी दिने व्यवस्था मिलाएर सघन अनुगमन गर्न समेत निर्देशन दिएको छ ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
