
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि बिक्री रोक लगाएको छ । विभागले सूचना जारी गरी गुणस्तरहीन जिन्कोमिन डीटी नामको औषधि बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको हो ।
धादिङको खानेखोलास्थित नोभा जेनेटिक प्रालिले उत्पादन गरेको जिन्कोमिन डीटी नामको चक्की औषधि विक्रि वितरणमा विभागले रोक लगाएको हो ।
औषधि व्यवस्था विभागबाट बजार अनुगमन गर्ने क्रममा सो औषधिको नमुना परीक्षण गर्दा मापदण्ड पूरा नभएको पाइएकाले सो औषधि औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न विभागले आदेश दिएको हो ।
ब्याच नम्बर ZDT2-28 को उक्त औषधि बजारबाट फिर्ता गर्न र किनबेच नगर्न विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

