
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार ५९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४५ जनाको मृत्यु भएको छ । यसैसँग कोरोना शुरु भएबाट हाालसम्म पाँच लाख २७ हजार ७९९ जनाको मृत्यु भइसकेको छ ।
भारतमा हाल ८४ हजार ९३१ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमणका नयाँ बिरामी थपिएसँगै देशभर कोभिड–१९ पीडितको सङ्ख्या चार करोड ४४ लाख १५ हजार ७२३ पुगेको छ ।
यसैगरी, छिमेकी पाकिस्तानमा सोही अवधिमा २७० जना नयाँ सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेको सङ्ख्या तीस हजार ५७५ पुगेको छ ।
गएको २४ घण्टा अर्थात् आइतबार मध्यरातिसम्म कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीले बताएका छन् । एकसय १० जना बिरामीको अवस्था गम्भीर छ ।
यसैबीच, मलेसियामा कोरोना लागेर दुई जनाको मृत्यु भएको तथा दुई हजार १९१ जना नयाँ बिरामी थपिएका छन् । आइतबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीले अझै पनि देशभर ३२ हजार ९०१ जना सक्रिय सङ्क्रमित रहेका बताएका छन् । रासस–सिन्ह्वा
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
