जनस्वास्थ्य सरोकार, वीरगञ्ज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर वीरगन्जले आयोजना गरेको घुम्ती निःशुल्क स्वास्थ्य शिविरमा आज २ सय ९० जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले भारतीय महावाणिज्य दूतावासद्वारा उपलब्ध गराइएको विशेष एम्बुलेन्स मार्फत चिकित्सक सहितको टोली लिएर नगर क्षेत्रका बासिन्दाको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान अन्तरगत आज वीरगञ्जका विभिन्न टोल टोलमा पुगेर ५० जना महिलासहित २ सय ९० जनाको स्वास्थ्य जाँच गरिएको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।
आज विशेष रुपमा मजदुरहरूलाई लक्षित गरी रिक्सा, टाँगा, ठेला मजदुर र उनका परिवारको स्वास्थ्य परिक्षण गरिएको खेतानले बताउनुभयो ।

केन्द्रका संस्थापक सदस्य स्वर्गीय सुशील खेतानको स्मृतिमा वीरगञ्जको प्रभु अस्पताल, वीरगञ्ज सामुदायिक आँखा अस्पताल र रुंगटा वैलफेयर सोसाइटीको संयुक्त सहकार्यमा शिविर सञ्चालन गरिएको खेतानले बताउनुभयो ।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीको नेतृत्वमा प्रभु अस्पतालका चिकित्सकहरूको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।
शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरी, निर्मल बुढाथोकी, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल, नेपाल राष्ट्र बैङ्कका प्रबन्धक राजनदेव भट्टराई, सुरेश रुंगटा लगायतको उपस्थिति रहेको केन्द्रका सचिव मुरली जलानले जानकारी दिनुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
