
जनस्वास्थ्य सरोकार, टीकापुर । कैलालीमा डेङ्गुबाट एक महिलाको मृत्यु भएको छ ।
डेङ्गु संक्रमित धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको मृत्यु भएको छ । उनको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।
शाहीको उपचारको क्रममा मङ्गलवार बिहान मृत्यु भएपनि बुधबार मात्र डेङ्गु पुष्टि भएको प्रमुख धामीले बताउनुभयो ।
पछिल्लो समय कैलालीमा डेङ्गुको प्रकोप फैलिएको छ । साउन १ गतेपछि मात्रै कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेङ्गुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
डेङ्गुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कैलालीमा डेङ्गुका बिरामी असारदेखि असोजसम्म फेला पर्ने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताउनुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
