
जनस्वास्थ्य सरोकार, टीकापुर । कैलालीमा डेङ्गुबाट एक महिलाको मृत्यु भएको छ ।
डेङ्गु संक्रमित धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको मृत्यु भएको छ । उनको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिनुभयो ।
शाहीको उपचारको क्रममा मङ्गलवार बिहान मृत्यु भएपनि बुधबार मात्र डेङ्गु पुष्टि भएको प्रमुख धामीले बताउनुभयो ।
पछिल्लो समय कैलालीमा डेङ्गुको प्रकोप फैलिएको छ । साउन १ गतेपछि मात्रै कैलालीको लम्की चुहा नगरपालिकामा मात्र २५ जनामा डेङ्गुको संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
डेङ्गुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कैलालीमा डेङ्गुका बिरामी असारदेखि असोजसम्म फेला पर्ने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख धामीले बताउनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
