
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म ७२ जिल्लामा डेंगुको संक्रमण फैलिएको छ। अझै २ महिना डेंगुको जोखिम रहने भएकाले उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन्।
एडिस जातको लामखुट्टेको टोकाइबाट हुने यो रोगको संक्रमणका कारण बिरामीमा अत्याधिक ज्वरो आउने, मांसपेशी दुख्ने, आँखा दुख्ने, टाउको दुख्ने, कमजोरी हुने लगायतका लक्षण देखिने गरेका छन्।
गएका वर्षमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो। यसपालि असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ । बेलैमा सचेत नभएमा आउँदो दुई महिनामा जोखिम झन् बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तरगतको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।
हालसम्म ३ हजार २ सय २७ जनामा डेंगु पुष्टि भएको महाशाखाको तथ्यांक छ । सबैभन्दा धेरै वाग्मती प्रदेशमा डेंगु फैलिएको छ। यो प्रदेशका २ हजार १ सय ८ जनालाई डेंगु भएको छ।
घर छेउछाउमा थुप्रिएको फोहोर, खोल्साखोल्सीमा जम्मा हुने पानी लगायतका कारण बढेका लामखुट्टेको टोकाइ, सचेतनाको अभावका कारण डेंगु बढेको जाजरकोट अस्पतालका निर्देशक डा. दीपक पुनले बताउनुभयो ।
डेंगु गराउने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने उहाँको भनाइ छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

