
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर दुई हजार ८६९ नमुना परीक्षण गर्दा २०६ जनामा कोरोना देखिएको छ। जसमध्ये एक हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जनामा र एक हजार २७४ जनाको एन्टिजन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, आज कोरोनाबाट तीन जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पाँच पुगेको छ।
पछिल्लो २४ घण्टामा ३९८ जना निको भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पनि दुई हजार ८९१ मा झरेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

