
जनस्वास्थ्य सरोकार, काठमाडौं । बाँकेस्थित नेपालगन्ज मेडिकल कलेजले डायलाइसिस सेवा बन्द गरेको छ । सरकारबाट पाउनुपर्ने रकम नपाएपछि डायलाइसिस सेवा बन्द गर्नपरेको मेडिकल कलेजले जनाएको छ ।
दैनिक २० जनासम्मलाई डायलाइसिस् सेवा प्रदान गर्दै आइरहेको उक्त मेडिकल कलेजमा डायलासिस् सेवा बन्द भएपछि बिरामी मर्कामा परेका हुन्।
नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको सूचना अधिकारी सञ्जय कुमार पन्तले जानकारी दिनुभयो ।
हामीसँग १८ देखि २० जनासम्म डायलाइसिस गर्नुपर्ने बिरामीहरु छन्,’ पन्तले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले १४ महिनादेखि रकम नपठाएपछि बिरङ्गले सेवा रोकेको छ । हामी सेवा सुरु गराउन प्रयास गरिरहेका छौं ।’
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

