
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्ला दिनमा नेपालमा डेंगुको संक्रमण ह्वात्तै बढेको छ । भदौ १७ सम्म डेंगु संक्रमितको संख्या चार हजार १०४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जुनदेखि अगष्टसम्म सबैभन्दा बढी तीन हजार ९९३ जनामा डेंगी पुष्टी भएको छ ।
यस वर्ष डेंगुबाट ललितपुर सबैभन्दा धेरै प्रभावित बनेको छ । ललितपुरमा एक हजार ६७४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर बढी संक्रमित देखिनेमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरसहित धादिङ, रुपन्देही, तेह्रथुम, सिन्धुली, संखुवासभा, गुल्मी र अर्घाखाँची रहेका छन् ।
महाशाखाका अनुसार हालसम्म ६८ जिल्लाहरुमा एक वा एकभन्दा बढी डेंगुका बिरामी भेटिएका छन् । गतवर्षको आँकडाअनुसार डेंगुु असोज अन्तिमसम्मै फैलिने महाशाखाको अनुमान छ ।
सन् २०१९ पछि यो वर्ष डेंगी फेरि प्रकोपकै रुपमा फैलिइरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।
यसअघि, सन् २०१९ मा १७ हजार ९९२ जनामा डेंगी पुष्टि भएको थिया । जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
