
जनस्वास्थ्य सरोकार, भैरहवा। रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण गर्न शिलान्यास गरिएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेसँगै अस्पताल निर्माण हुने निश्चित भएको हो । २१ करोड ८० लाख ५० हजार रुपियाँ लागतमा राखेर बोलपत्र आह्वान गरिएकोमा १८ करोड एक लाख सात हजार रुपियाँमा निर्माण गर्ने गरी सम्झौता गरिएको छ ।
२०७९ असार ८ गते सम्झौता भएको अस्पतालको निर्माण २०८१ कात्तिक ७ गते भित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिनुभयो ।
अस्पतालमा १० औं तहका डाक्टर (मेडिकल सुपरिटेण्डेन्ट) को नेतृत्वमा मेडिकल अधिकृतसहित डाक्टर र नर्ससहितको टिम रहने गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माण भएपछि सियारीबासीले चिकित्सकीय सेवा, आकस्मिक, ओपिडी, फार्मेसी, ल्याव, रेडियोलोजीलगायतका सुविधा प्राप्त गर्ने छन् ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
