
जनस्वास्थ्य सरोकार, सोलुखुम्बु। सोलुखम्बुका १२ हजार जना भन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइएको छ । जिल्लाका आठ स्थानीय तहका १२ हजार १३२ जना बालबालिकालाई कोरोना भाइरस विरुद्ध पहिलो मात्राको फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
खोप प्राप्त गर्ने बालबालिकाहरूमा सोलुदूधकुण्ड नगरपालिकाका तीन हजार १९४, थुलुङ दूधकोशी गाउँपालिकाका दुई हजार १९४, नेचासल्यानका एक हजार १२० र सोताङका एक हजार १९२ जना छन् ।
त्यस्तै, महाकुलुङ गाउँपालिकाका एक हजार ४२०, माप्यदूधकोशी गाउँपालिकाका एक हजार ४७५, खुम्बु पासाङ ल्हामुका एक हजार ४० र लिखुपिकेका ४९७ जना बालबालिकाले खोप पाएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् ।
कोरोना सङ्क्रमणदारलाई मध्यनजर गर्दै जिल्लामा भदौ ५ गतेदेखि १३ गतेसम्म विभिन्न विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरूमा फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय प्रमुख नारद सुवेदीले बताउनुभयो । अब दोस्रो मात्राको खोप असोजबाट सुरु गरेर दशैँ अगावै सक्ने लक्ष्य लिएको प्रमुख सुवेदीको भनाइ छ ।
जिल्लामा ५ देखि ११ वर्षसम्मका करिब १४ हजार जना बालबालिका रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
