
जनस्वास्थ्य सरोकार, नेपालगञ्ज। डेंगु फैलिन थालेपछि बाँकेमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु भएको छ । आज बिहान नेपालगञ्जको बसपार्क क्षेत्रबाट डेंगु सार्ने लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरिएको हो ।
स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीयवासीको उपस्थितिमा आज बसपार्क क्षेत्रबाट लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिनुभयो । जिल्लाभर जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको गौतमले जानकारी दिनुभयो ।
बाँकेमा हालसम्म ११ जनामा डेंगुको संक्रमण देखिएको छ । बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरूमा गरिएको परीक्षणमा ११ जनामा डेंगुको संक्रमण देखिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना तथा तीन जना जिल्ला बाहिरका भएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन गौतमले जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

