
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ सय जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार थप ४ हजार ५ सय ९० नमुना परीक्षण गर्दा ३ सय जनामा संक्रमण पुष्टि भएको हो।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९९, ललितपुरमा १८ र भक्तपुरमा १ जना गरी उपत्यकामा १ सय १८ जना संक्रमित थपिएका छन्।
सोही अवधीमा थप १ सय २४ जना निको भएका छन् । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५७ रहेको छ। त्यसैगरी आइसीयूमा ३५ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन्। पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

