जनस्वास्थ्य सरोकार, काठमाडौं । डेङ्गु रोग नियन्त्रणका लागि बसेको उच्चस्तरीय बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

मुख्य सचिव शङ्करदास वैरागीको अध्यक्षतामा बसेको बैठकले डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई तीव्रता दिने निर्णय गरेको हो ।
सो कुरा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जानकारी दिनुभयो । । लामखुट्टेले उसको जीवनमा विभिन्न स्थानमा गई आठ सयभन्दा बढी अन्डा पार्ने बताइन्छ । लामखुट्टेको जीवन एक महिनाको हुन्छ । एक महिनापछि लामखुट्टे आफैँ मर्ने भएकोले लार्भा नष्ट गर्नु उपयुक्त देखिन्छ । साथै उच्चस्तरीय बैठकले सङ्घीय, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँग रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ ।
बैठकले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक सामग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसार गर्ने निर्णय पनि गरेको छ ।
यता स्वास्थ्य कार्यालय काठमाडौँले डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको अन्डा र लार्भा नष्ट गर्नका लागि ५० जना स्वयंसेवक परिचालन गरेको जनाएको छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
