जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वभर आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । इन्टरनेशनल एसोसिएसन फर सुसाइड प्रिभेन्सन (आईएएसपी) ले हरेक वर्ष यो दिवस मनाउन ६० भन्दा बढी देशमा कार्यक्रम आयोजना गर्छ । विश्वमा तीव्र गतिमा बढ्दै गएको आत्महत्याको प्रवृत्तिलाई रोक्न सकिने भन्दै विश्व आत्महत्या रोकथाम दिवस पनि मनाउने गरिएको छ

नेपालमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालै सार्वजनिक गरेको नेपालको तथ्यांकले आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० जना व्यक्तिले आत्महत्या गरेर ज्यान गुमाएका छन् । जुन गत वर्षको तुलनामा केही कम भएपनि समस्याले निकास पाउन सकेको छैन । गत आर्थिक वर्ष २०७७/७८ मा सात हजार १४१ जनाले आत्महत्या गरेका थिए ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हरेक वर्ष विश्वमा करिब ८ लाख मानिसले आत्महत्याका कारण आफ्नो जीवन समाप्त गर्ने गरेका छन् । अर्थात् विश्वको कुनै न कुनै भागमा प्रत्येक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्छन् । अधिकांश आत्महत्या १५ देखि २९ वर्ष उमेर समूहका मानिसमा हुने गरेको छ । यसबाहेक यी आत्महत्याका घटनाहरूमध्ये धेरैजसो अल्पविकसित र विकासोन्मुख देशहरूबाट आउँछन् ।
आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघ (आइएएसपी) ले सन् २००३ बाट विश्व आत्महत्या रोकथाम दिवस मनाउन थालेको हो । यो दिन मानसिक स्वास्थ्यका लागि विश्व महासंघ (डब्लुएमएफएच) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रायोजन गरेको हो ।
आत्महत्या गर्ने व्यक्तिको व्यवहारबारे अनुसन्धान, चेतना फैलाउने र तथ्याङ्क सङ्कलन गर्नु यो दिवस मनाउने उद्देश्य रहेको छ ।
यी संस्थाहरूले आत्महत्या कसरी रोक्ने र कसरी यसबारे चेतना जगाउने भन्ने विषयमा विश्वभर धेरै कार्यक्रमहरू सञ्चालन गर्छन् ।
यस पटकको विश्व आत्महत्या रोकथाम दिवस २०२२ को नारा ‘क्रिएटिङ होप थ्रु एक्शन’ अर्थात् तपाईको कामबाट जनतामा आशा जगाउने हो ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस थिममार्फत हामी आत्महत्या गर्ने सोच भएका मानिसहरूलाई आशा छाड्नु हुँदैन भन्ने सन्देश दिन चाहन्छौं ।
हामीले सकेसम्म सानो वा ठूलो सहयोग गरेर त्यस्तो व्यक्तिको जीवनमा थोरै आशा भर्न सक्छौं ।
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
