जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको पहिलो स्टैण्ड एलोन नेशनल रेफरेन्स ल्यावोरेटोरी (एनआरएल) १७ वर्षमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एनआरएलको १७ औं बार्षिकोत्सवका अवसरमा प्रयोगशालाका लागि आवश्यक पर्ने गुणस्तरीय स्वास्थ्य सामाग्री आपूर्ति गर्ने उत्कृष्ट १४ जना आपूर्तिकर्ताहरु सम्मानित हुनुभएको छ ।

यसरी सम्मानित हुनेहरुमा इष्टवेष्ट इन्टरनेशनल प्रा.लि.बाट प्रवन्ध निर्देशक शेर श्रेष्ठ, चामुण्डा ट्रेडिङ हाउसबाट प्रबन्ध निर्देशक शैलेश कडेल, वेभ ट्रेडिग कन्सर्न प्रा.लि.बाट प्रवन्ध निर्देशक रामइन्द्र न्यौपाने, सुसुदिप इन्टरनेशलन प्रा.लि. बाट प्रबन्ध निर्देशक भक्त हमाल, ओम सर्जिकल कन्सर्नबाट उद्धव भण्डारी, एभरेष्ट ट्रेड लिंकबाट प्रबन्ध निर्देशक हरि थापा, बी एस आर बायोटेक प्रा.लि.बाट नविन कोइराला, सनराइज सर्जिकल हाउसबाट सिताराम कार्की, भिट्रो डायग्नोष्टिक कन्सर्नबाट सुभाष अर्याल, टेक्निका इन्टरनेशनल ट्रेड कन्सर्न प्रा.लि.को तर्फबाट कुमार कोइराला, श्री रानी सति ट्रेडिङबाट दिनेश कनोडिया, लाइफ साइन्स सोलुसन्स प्रा.लि.बाट दिलिप पौडेल, टेक्नो बायोमेड प्रा.लि.बाट महेन्द्र बडुवाल र आरआरसी प्रिन्टिङ हाउसबाट राजेश महर्जन हुनुहुन्छ ।

एनआरएलका अध्यक्ष राजन मानन्धरले स्वास्थ्य सामाग्री आपूर्तिकर्ताहरुले उपलब्ध गराएको सामानको आधारमा बिरामीहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सफल हुने उल्लेख गर्दै आपूर्तिकर्ता र ल्याव सञ्चालक दुवै एउटै परिवारको रुपमा हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

एनआरएलका प्रबन्ध निर्देशक किशोर खनालले लगभग ८० प्रतिशत ल्याव रिपोर्टका आधारमा बिरामीले सही उपचार प्राप्त गर्ने भएकाले ल्यावमा सामान आपूर्ति गर्ने आपूर्तिकर्ताहरुको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।
एनआरएलका प्रयोगशाला प्रमुख चिन्तामणि पोख्रेल र वरिष्ठ प्याथोलोजिष्ट डा. सुजन शर्माले एनआरएललाई मुलुकको नमुना प्याथोलोजीको रुपमा स्थापित गर्न सकेको भन्दै यस कार्यमा संलग्न सबैलाई धन्यवाद दिनुभयो । गत वर्षमात्र एनआरएलले ८० हजार भन्दा बढी नमुना आफैंले परीक्षण गर्न सफल भएको छ । एनआरएल २०६२ सालमा स्थापना भएको थियो ।















योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
