
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
एक हजार पाँच सय ९२ पीसीआर र एक हजार नौ सय ९५ एण्टीजेन गरी जम्मा तीन हजार पाँच सय ८७ नमुनाको परीक्षण गर्दा थप एक सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दुई सय एक जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुने ९८ दशमलव ६ प्रतिशत रहेको छ ।
त्यसैगरी, कोरोनाका कारण आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनको कुल सङ्ख्या १२ हजार १४ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपाल हाल दुई हजार तीन सय १६ जना कोरोनाका सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा आठ हजार चार सय १२ जना कोरोना विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

