
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये २ हजार १९० जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जना संस्थागत आइसोलेसन र १५ जना आईसीयूमा छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ३५१ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


