
जनस्वास्थ्य सरोकार, बागलुङ । बागलुङको गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।
रिघामा ज्वरो आउने, रुघाखोकी, तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेकोले गलकोट– ११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनको लागि बन्द गरिएको प्रधानाध्यापक हर्कबहादुर बिकले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसितभएपछि विद्यालय बन्द गरिएको उहाँको भनाई छ । गतहप्ता केही विद्यार्थी र शिक्षक मात्रै बिरामी भए पनि आइतबार २४ जना विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको बिकले बताउनुभयो ।
साबिक रिघा गाविसको वडा नं। १,२, र ४ वडामा बढी र वडा नम्बर ५ का केहीमा पनि संक्रमण देखिएको रिघा स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले बताउनुभयो । उहाँका अनुसार अहिले बिरामीलाई सामान्य औषधी दिने काम भइरहेको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
