
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हिजोसम्ममा देशभर ९ हजार ८ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।
सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा डेंगु संक्रमण भएको छ। यस्तै, लुम्बिनीमा १ हजार घ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २, मधेश प्रदेशमा १ सय ८० र कर्णाली प्रदेशमा ६६ जनामा डेंगु संक्रमण देखिएको छ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सातै प्रदेशका ७५ जिल्लामा डेंगु फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै संचालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान संचालन गर्न आग्रह गरेको छ।
डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान दश बजे दश मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुलपार्ने ठाउँहरु 'खोजौ र नष्ट गरौ' भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
