
जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले आगामी असोज १ गते शनिवारका दिन काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।
बिहान ९ः३० बजेदखि १ः३० बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति,ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क पाइनेछ ।अस्पतालका अनुसार शिविरमा इसीजी, सुगर, भाइटल्स लगायतका निःशुल्क परामर्श सेवा समेतउपलब्ध हुनेछ ।
अस्पतालले वृहत निःशुल्क स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताकोव्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन्।
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

