
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्म ११ हजार ६५ जनामा डेङ्गु पुष्टि भएको छ । पछिल्ला दिनहरुमा डेङ्गुको संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन सरकारले पूरा बाहुला भएको लुगा लगाउन सर्वसाधारणलाई अनुरोध गरिरहेको छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । उहाँले एक अपिल जारी गर्दै डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको पनि बताउनुभयो ।
डेङ्गु संक्रमण देखिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल गरेर स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको उहाँले बताउनुभयो । जनप्रतिनिधिसँगसँगै स्थानीय सरोकारवाला, स्वास्थ्य स्वयंसेविका मिलेर डेङ्गु नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज्ने, त्यसलाई नष्ट गर्ने र जनचेतना फैलाउनेलगायत काम भइरहेको राज्यमन्त्री केसीद्वारा जारी अपिलमा भनिएको छ ।
डेङ्गुबाट बच्न पूरा बाहुला भएका कपडा लगाउनसमेत उहाँले अनुरोध गर्नुभयो । डेङ्गुको प्रकोपलाई ध्यानमा राख्दै मन्त्रालयले प्रतिकार्य योजना बनाएर काम गरिरहेको छ, अपिलमा उल्लेख गरिएको छ । मन्त्रालयले डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

