
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा सुमित्रा गौतमलाई नियुक्त गरेको छ । बुधबार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उहाँले बालबालिकाको ‘ओपिडी सेवा’ निःशुल्क गर्ने जानकारी दिनुभयो ।
त्यस्तै उहाँले अस्पतालमा आउने बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यवस्थापनसमेत निःशुल्क गर्ने बताउनुभयो । यसअघि अस्पताल प्रशासनले बेवारिसे बिरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यवस्थापनसमेत रोकेको थियो।
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले समिति र अस्पताल व्यवस्थापन पक्षको संयुक्त प्रयासले अस्पताललाई उत्कृष्ट बनाइने बताउनुभयो ।
मेसु डा गौतमले भक्तपुर अस्पताललाई उत्कृष्ट बनाउने, बन्द भएका सेवा तत्कालै सञ्चालन गर्ने, बेतिथिलाई रोक्ने, भक्तपुर र पूर्वका विभिन्न जिल्लाबाट आउने बिरामीलाई उपचारका लागि सिफारिस भएर जानु नपर्ने गरी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
