
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा सुमित्रा गौतमलाई नियुक्त गरेको छ । बुधबार दोस्रोपटक सो पदमा पदबहाली गर्दै उहाँले बालबालिकाको ‘ओपिडी सेवा’ निःशुल्क गर्ने जानकारी दिनुभयो ।
त्यस्तै उहाँले अस्पतालमा आउने बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने र बेवारिसे शवको व्यवस्थापनसमेत निःशुल्क गर्ने बताउनुभयो । यसअघि अस्पताल प्रशासनले बेवारिसे बिरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यवस्थापनसमेत रोकेको थियो।
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले समिति र अस्पताल व्यवस्थापन पक्षको संयुक्त प्रयासले अस्पताललाई उत्कृष्ट बनाइने बताउनुभयो ।
मेसु डा गौतमले भक्तपुर अस्पताललाई उत्कृष्ट बनाउने, बन्द भएका सेवा तत्कालै सञ्चालन गर्ने, बेतिथिलाई रोक्ने, भक्तपुर र पूर्वका विभिन्न जिल्लाबाट आउने बिरामीलाई उपचारका लागि सिफारिस भएर जानु नपर्ने गरी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
