
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बाल्यकालमा हुने छाला रोगहरुको सही निदान र व्यवस्थापनमा बाल छालारोग विशेषज्ञको भूमिका महत्वपूर्ण हुन्छ । यदि बाल रोग विशेषज्ञले तपाईंको बच्चालाई बाल छाला रोग विशेषज्ञलाई देखाउन सुझाव दिएमा बच्चाले छालासम्बन्धि सबैभन्दा राम्रो चिकित्सा हेरचाहको सुनिश्चतता पाएको ठान्नुपर्छ ।
छालाको संक्रमण, छाला चिलाउने (एक्जिमा), लामखुट्टेको टोकाइको एलर्जी, डावर, डण्डिफोर, छालाको रंग परिवर्तनलगायतका समस्या बालबालिकाहरुमा धेरैजसो हुने समस्याहरु हुन् ।
कतिपय अवस्थामा अरु उमेरका व्यक्तिको तुलनामा बच्चाको छालासम्बन्धि समस्या समान हुन्छन् । कति कुरामा फरक पनि हुनसक्छ । सामान्य समस्यालाई फलोअपमा हेर्दै जानुपर्छ । बाल्यकालका सामान्य छाला सम्बन्धी समस्याको उपचारको लागि बाल अथवा छाला रोग विशेषज्ञसँग परामर्श गर्न सकिन्छ ।

बालबालिकामा हुने छाला रोग कतिपय जटिल रुपका हुन्छन् । उदाहरणका लागि भन्नुपर्दा बालबालिकामा हुने जन्मको दाग अथवा कोठी (बर्थमार्क) कहिलेकाही शरीरको भित्री समस्यासँग सम्बन्धित हुन्छ । यस्ता बालबालिकाको परामर्श बाल छाला रोग बिशेषज्ञसँग गराउँदा उचित व्यवस्थापन र निगरानी हुन्छ । त्यस्तै गरेर जन्मको केहि दिनपछि धेरैजसो देखापर्ने रक्तनली सम्बन्धि समस्या हो जसलाई हिमान्जिओमा भनिन्छ, समयमा यसको उपचार नभए आँखाको ज्योति गुम्ने, श्वासप्रश्वासमा समस्या, घाउ बन्ने जस्तो जटिलता आउन सक्छ । यो शुरुमा चाँडै बढ्छ । त्यसैले समयमा समस्याको उपचार गर्न जरुरी हुन्छ । त्यस्तै बाल्यकालको सामान्य रोग जस्तै एक्जिमा अथवा सोरियसिसले कोही बालबालिकामा कडा रुप लिन्छ । त्यस्तै गरेर अरु धेरै छालामा देखापर्ने वंशाणुगत रोगहरु छन् जुन साधारणतय असामन्य छन्, तीनको उपचारका लागि बाल छाला रोग विशेषज्ञको परमर्शको आवश्यकता पर्दछ ।
नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा डर्माटोलोजी सब–स्पेसियालिटीको अभ्यासको अवधारणा कमै छ । बाल छाला रोग विशेषज्ञाता एक तिब्र गतिमा बढ्दै गएको विषय हो । भारत तथा विश्वव्यापी रुपमा यो सम्बन्धमा धेरै अनुसन्धान हुँदैछन्, नयाँ ज्ञान हाँसिल हुँदैछ तथा नौलो उपचारका विधिहरु अपनाइँदै छ ।
यसको फाइदा नेपालका छाला रोगका बालबालिकाले पनि पाउनुपर्छ । अमेरिकामा मात्र ३ सय जना बाल छालारोग विशेषज्ञ रहेका छन् । बालबालिकाहरुमा हुने छालासम्बन्धि समस्यालाई संस्थागत रुपमा विकास गर्न जरुरी छ । काठमाडौं र काठमाडौंबाहिर बाल छाला रोगको उपचारलाई विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ ।
(जोशी बाँसबारीस्थित डिआई स्किन हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
