
जनस्वास्थ्य सरोकार, धनगढी । चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग राख्दै अनशन बस्नुभएका अभियन्ता डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा २०औँ सत्याग्रह सुरु गरेका केसीलाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालमा उहाँले औषधि लिन नमानेको बताइएको छ । अस्पतालले पनि उहाँसँग कसैलाई भेट गर्न दिएको छैन । उहाँको रक्तचाप निकै घटेको बताइएको छ । रक्तचाप अहिले ९०/६० पुगेको र मुटुको चाल पनि घट्दो क्रममा रहेको छ । उहाँलाई सामान्य स्लाइन पानी चढाइएको छ ।
तीन करोड नेपाली जनताका लागि अनशन बसेको भन्दै स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने उहाँले बताउनुभएको बताइएको छ । उहाँले धनगढीमा अनशन बसेको आज पाँचौँ दिन हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

