
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित डिआई स्किन हस्पिटलमा कपाल प्रत्यारोपाण सेवा शुरु भएको छ । कपाल प्रत्यारोपणविद् डा. सुचना मरहट्ठाको टिमले सो सेवा शुरु गरेको हो ।
एउटै छातामुनि सहज वातावरण र सुलभ मूल्यमा कपाल प्रत्यारोपण सेवा शुरु गरिएको अस्पतालका अध्यक्ष वरिष्ठ छाला रोग विशेषज्ञ प्रा.डा. अनिलकुमार झाले बताउनुभयो ।
कपाल प्रत्यारोपण सफल बनाउन पाइला पाइलामा डाक्टरको सल्लाहको जरुरत पर्ने र अधिकतम परिणाम उपलब्ध गराउन अनुभवी डाक्टरको समूह आवश्यक पर्ने भएकाले यो सबै सेवा हस्पिटलमा उपलब्ध भएको डा. सुचनाले बताउनुभयो ।
साउनको पहिलो साताबाट हालसम्म अस्पतालमा ६ जनाभन्दा धेरैले कपाल प्रत्यारोपण सेवा लिन सफल भइसकेका छन् । करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको अत्याधुनिक डिआई स्किन हस्पिटलमा दैनिक ३ सयको हाराहारीमा छाला तथा सौन्दर्यसम्बन्धी उपचारका लागि बिरामीहरुको भिड हुने गरेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

