
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगीको उपचार गराइरहेका बिरामीका लागि झुल वितरण गरेको छ ।
महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यलाई १५० थान झुल हस्तान्तरण गर्नुभएको हो ।
समितिका संयोजक राजु महर्जनले अन्य बिरामीलाई जोगाउन महानगरले डेंगी संक्रमितलाई झुल दिएको जानकारी दिनुभयो । अस्पतालका निर्देशक रवि शाक्यले कोभिडलाई नै ओझेलमा पर्ने गरी डेंगीको प्रकोप फैलिएको बताउँदै महानगरले दिएको झुलको सन्देश सकारात्मक भएको उल्लेख गर्नुभयो ।
केही दिनयता अस्पतालमा उपचार गर्न आउनेमध्ये डेंगुका १५० जना नयाँ संक्रमित थपिने गरेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

