
जनस्वास्थ्य सरोकार, काठमाडौँ । एकजना महिला ३ ठाउँमा थायराइड परीक्षण गराएर चित्त नबुझेपछि चौथोपटक जाँच गराउन हाम्रो ल्यावमा आउनुभयो । उहाँले अन्यत्र गरिएको ल्याव परीक्षणबाट चित्तबुझ्दो परिणाम नआएपछि चौथोपटक थायराइड टेष्ट गर्न आउनुभएको थियो । यसरी हाम्रो समाजमा एक ठाउँमा मात्र टेष्ट गराएर चित्त नबुझ्ने व्यक्तिहरुको कमी छैन र ल्याव परीक्षणप्रतिको विश्वास घट्दो छ । प्रयोगशाला पिच्छे रिपोर्टको मात्रामा केही परिवर्तन हुने कुरा बिरामीले बुझ्न जरुरी हुन्छ ।
एउटै नमुना एक दिनको अन्तरालमा परीक्षण गर्दा फरक रिपोर्ट निस्कन सक्छ । प्रयोगशाला पिच्छै धेरै फरक भ्याल्यु आउन हुँदैन । प्रोटोकल पालना गरेर भरपर्दो रिपोर्ट उपलब्ध गराएर विश्वास जित्नुपर्छ ।
रोग पहिचान, उपचार र फलोअपका लागि गुणस्तरीय ल्याव परीक्षणको भूमिका महत्वपूर्ण हुन्छ । ल्यावमा आवश्यक पर्ने वातावरण र मापदण्डअनुसारको संरचना जरुरी पर्छ । काठमाडौंमा गुणस्तरीय रिपोर्ट दिने प्रयोगशालाहरुको कमी महसुस गरी गुणस्तरीय ल्याव किन स्थापना नगर्ने भनेर ५ करोड भन्दा बढी लागतमा रिद्धिसिद्धि डायग्नोष्टिक शुरु गरेको हो ।
गुणस्तरप्रति निकै सजग र सचेत छौं । सामान्य ल्याव टेष्टका लागि पनि ठूलो धनराशी बाहिरिने गरेकाले स्वदेशमै धेरै परीक्षणहरु गर्न सकिने अभियानमा अघि बढेका छौं ।
वेलनेसप्रति केन्द्रित
आजकल धेरैजसो घरमा मधुमेह, उच्चरक्तचापका बिरामीहरु पाइन्छन् । रोग लाग्नभन्दा अगाडि नै समस्या पहिचान गरी सम्भावित खतराबाट जोगिनु बुद्धिमानी हुन्छ । रोग लागिसकेपछि मात्र परीक्षण गर्ने होइन । वर्षमा एकपटक नियमित स्वास्थ्य परीक्षण गरेर आफू स्वस्थ्य भएको प्रमाणित गर्न जरुरी हुन्छ । नियमित स्वास्थ्य जाँच गरेर वोर्डर लाइनमा समस्या पहिचान गर्नुपर्छ । त्यसपछि जीवनशैलीमा परिवर्तन गरेर सहज रुपमा सम्भावित खतराबाट जोगिन मद्धत पुग्छ । त्यसैले नियमित रुपमा स्वास्थ्य जाँच गराउन जरुरी छ ।

जन्मदिनमा हेल्थ प्याकेज
आफ्नो जीवन रहे त सवै थोक हुन्छ । स्वास्थ्य आफ्नो स्वास्थ्यमा लगानी गर्नुपर्छ । स्वास्थ्यका लागि वचत गर्नुपर्छ । कसैलाई उपहार दिनुपरेमा स्वास्थ्य उपहार दिनुपर्छ भनेर हेल्थ भौचरको प्रणाली विकास गरेका छौं । जन्मदिनलगायत विभिन्न उपलक्ष्यमा उपहार दिँदा जनरल हेल्थ प्याकेजदेखि कम्प्रिहेन्सिभ सम्मको हेल्थ प्याकेज खरीद गरेर दिन सकिन्छ । आफ्नो बुवाआमाको स्वास्थ्यलाई ख्याल गरेर मदर्स डे, फादर्स डे आदिमा यस प्रकारका हेल्थ प्याकेज खरीद गरेर स्वास्थ्य उपचार दिन सकिन्छ । यो प्रणालीभित्र ३ हजारको जनरल प्याकेजदेखि १२ हजारसम्मको कम्प्रिहेन्सिभ प्याकेजसम्मको सुविधा उपलब्ध हुन्छ ।
(डा. कविता रिद्धिसिद्धि डायग्नोष्टिक एण्ड रिसर्च सेन्टरमा कार्यकारी निर्देशक हुनुहुन्छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
