
जनस्वास्थ्य सरोकार, जनकपुरधाम । विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर मधेश प्रदेश प्रहरी कार्यालयले जनकपुरधाममा आज जनचेतनामूलक र्याली तथा अन्य कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा सहभागीहरूले सर्वसाधारणमा बढेको मानसिक तनावका कारण आत्महत्या गर्ने क्रम बढेकाले तनाव कम गर्ने वातावरणको निर्माण घर परिवारबाट नै हुनुपर्नेमा जोड दिनुभयो ।
सहभागीहरूले घर परिवारदेखि विद्यालय तह हुँदै कलेज तथा कलेजपछि रोजगारीका कारण युवाहरूमा आत्महत्याको क्रम बढेको बताउँदै तनाव कम गर्न नैतिक शिक्षा तथा ध्यान र योगमा विशेष ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले सामाजिक सञ्जालको दुरुपयोग बढेको र युवाहरूमा अत्यधिक मात्रामा बढेका आकाङ्क्षा पुरा हुन नसकेपछि आत्महत्या गर्ने क्रम बढेको बताउनुभयो ।
उहाँले युवाहरूमा नैतिक शिक्षाको अभाव रहेको र महिलाहरूमा पारिवारिक तथा अन्य प्रकारको हिंसा भएका कारणले पनि आत्महत्याको क्रममा वृद्धि भएको बताउँदै यसमा कमी ल्याउन सबैले ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
सभापतिको आसनबाट धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आत्महत्या रोक्न हरेक व्यक्तिले सकारात्मक भूमिका खेल्न आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा मधेश प्रदेशका प्रहरी नायव महाउपरीक्षक मसाउद आलम खानले आत्महत्या घटाउन र रोक्न घर परिवारबाट नै सकारात्मक प्रयास आवश्यक भएको बताउनुभयो ।
त्यसअघि संघीय प्रहरी कार्यालय मुरली चौकबाट झाँकी र प्रहरी ब्यान्डसहितको जनचेतनामूलक र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
