
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत २४ घन्टामा नेपालमा ५९ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ८८२ जनामा गरिएको परीक्षणमा ५९ जना संक्रमित भेटिएको हो।
आज १६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने यही समयमा संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ।
हाल देशभर १ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये १८ जना आइसियूमा‚ ६४ जना संस्थागत आइसोलेशनमा र १ हजार ७६६ जना होम आइसोलेशनमा रहेका छन्।
हाल काठमाडौंमा ६९६ जना‚ ललितपुरमा २९४ जना र भक्तपुरमा ३२ जना सक्रिय संक्रमित रहेका छन्।
प्रकाशित मिति: आइतबार, असोज २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

