
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा एमालेले देशव्यापी रूपमा फैलिएको डेंगी रोग नियन्त्रणका लागि जुन तहको योजना र कार्यक्रम ल्याउनुपर्थ्यो त्यस कार्यमा सरकार चुकेको भन्दै विरामीको उपचारमा सरकारी संयन्त्र असफल भएको जनाएको छ । पार्टीका सचिव, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी डेंगी रोग देशव्यापी फैलिएर उत्पन्न भएको स्वास्थ्य प्रकोपका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेकपा एमालेले डेंगी रोगको मुल स्रोत लामखुट्टे नियन्त्रणका लागि समुदायस्तरको परिचालन गर्न, विरामीको पहिचान र परिक्षणलाई व्यापक र सहज बनाउन, अस्पतालको सेवा विस्तार गर्न, जनशक्ति र बजेट थप गर्न, तिनै तहका सरकारलगायत विभिन्न सरकारी गैरसरकारी निकायका बीचमा समन्वयात्मक परिचालन गर्न, सिटामोल लगायतका औषधि सहज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७९ साउनदेखि देखापरेको डेंगी रोगबाट पछिल्लो तथ्याङ्कअनुसार १७ हजार ५९४ जना प्रभावित भएका छन् भने स्वास्थ्य संस्थामा नआई घरमै रहेका विरामीहरूको संख्या योभन्दा निक्कै धेरै रहेको छ । डेंगीबाट मृत्यु हुनेको संख्या २१ पुुगेको छ भने देशका ७५ जिल्लामा यो रोगको लक्षण फैलिएको छ ।’
‘राजधानी काठमाडौंमा डेंगी आम मानिसमा फैलिएको छ । आम जनसमुुदायमा सन्त्रासको अवस्था सिर्जना भएको छ । यो रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपर्थ्यो त्यसमा सरकार चुकेको छ । सरकारी संयन्त्र असफल भएको छ ।’
विज्ञप्तिमा नेकपा एमाले का सांसदहरूले साउन महिनामै व्यवस्थापिका संसदमा ठोस योजना र कार्यक्रमसहित डेंगी रोगको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
