
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।
सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेका उनी आफ्नै खर्चमा ४ः४५ बजे उडानमार्फत धनगढीबाट काठमाडौं आउन लागेका हुन् ।
सरकारले अनशनरत डा केसीलाई काठमाडौं ल्याउन मंगलबारदेखि नै प्रयास गरेको थियो । त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो ।
तर, १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा केसीले सेनाको हेलिकप्टरमा काठमाडौं आउन मानेका थिएनन् ।
केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको थियो ।
स्वास्थ्यमा जटिलता देखिएपछि डा केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । उनको पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
