
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ । महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज बिहीवार दिउँसो डोजर चलाएको हो ।
अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि नहटाएकोले डोजर चलाउनुपरेको महानगरपालिकाले जनाएको छ । फार्मेसी सञ्चालन भएका ठाउँ बगैँचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको छ ।
नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले त्यस्ता टहरा हटाउन सूचना जारी गरेको थियो । तर सूचनाको बेवास्ता गरेर नहटाएकाले डोजर लगाएर खाली गर्न सुरु गरेको महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो ।
काठमाण्डौ महानगरपालिकाले गएको भदौ ६ गतेदेखि सडक मिचेर बनेका संरचना र पसललगायतका संरचना हटाउँदै आएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

