
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गुणस्तरलाई मुख्य प्राथमिकतामा राखेर शुरु भएको बुटवलस्थित नेशनल प्याथल्याव एण्ड रिसर्च सेन्टर प्रा.लि.(एनपिएल) ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ वर्गको मान्यता प्राप्त गरेको छ । काठमाडौं उपत्यका बाहिर क वर्गको मान्यता प्राप्त गर्ने यो एकमात्र प्याथलोजी भएको छ । देशका आठ ठाउँमा शाखा विस्तार गर्न सफल नेशनल प्याथल्याव काठमाडौँले यसअघिनै क वर्गको मान्यता पाइसकेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) ले गत भदौ १७ गते स्थलगत अनुगमन गर्दा प्रयोगशाला सञ्चालनका लागि ‘स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ ’ अनुसार आवश्यक न्युनतम मापदण्ड पुरा गरेको पाएपछि जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ को उपनियम (५) बमोजिम पाँच वर्षका लागि ‘क’ वर्गको इजाजतपत्र प्रदान गरेको हो । साथै, प्रयोगशालाले तोकिएका सेवा सर्तहरुको पालना नगरे कुनै पनि बखत प्रयोगशालाको सञ्चालन अनुमति खारेज गर्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
२०७० सालमा बुटवलमा सञ्चालनमा ल्याइएको एनपीएलले वुटवल, भैरहवा, धनगढी, नेपालगञ्ज, गुल्मी, घोराही, तुलसीपुर, काठमाडौं गरी आठ ठाउँमा शाखा विस्तार गर्न सफल भएको छ । शुरुमा दुइ करोडको लागतमा बुटवलमा शुरु गरिएको एनपिएलका सबै शाखा गरेर अहिले सम्म ५० करोड रुपियाँ भन्दा बढी लगानी भइसकेकोे छ । काठमाडौँ शाखा विस्तारमा मात्र करिब १० करोड रुपियाँ लगानी भइसकेको छ । समय अनुसार क्लिया, इम्युनोहिस्टोकेमेस्ट्री, फ्लोसाइटोमेट्री जस्ता अत्याधुनिक उपकरण अपडेट गर्दै प्रयोगशालामा नयाँ टेक्नोलोजी भित्र्याउन कुनै कन्जुस्याइँ नगरेको नेशनल प्याथल्यावका प्रबन्ध निर्देशक पवन जोशीले बताउनुभयो ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
