
जनस्वास्थ्य सरोकार, काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी र सरकारी पक्षबीच बिहीबारको वार्ता निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठक सरकारी पक्षले तयारी नगर्दा निष्कर्षविहीन बन्न पुगेको हो ।
बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव, स्वास्थ्यसचिव डा रोशन पोखरेल, शिक्षा मन्त्रालयका उपसचिव लक्ष्मी खड्कालगायत सहभागी हुनुहुन्थ्यो । केसीको तर्फबाट डा जीवन क्षेत्री,प्रीतम सुवेदी, ओमप्रकाश अर्याल, डा लिजन महर्जन, डा विष्णु पोखरेल सहभागी हुनुहुन्थ्यो । तर, सरकारी टोलीले केसीका मागका सम्बन्धमा तयारी नगरेकाले मूल विषयमा छलफल नै भएन ।
‘सरकारी टोलीले तयारी नै गरेको रहेनछ, हामीलाई भुलाउन मात्रै बैठकमा बोलाउनुभयो,’ डा प्रीतम सुवेदीले भन्नुभयो ‘उहाँहरूले राजनीतिक दल, मन्त्री र प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै हाम्रा माग पूरा गर्नेबारे फेरि वार्तामा बस्ने बताउनुभएको छ ।’ उहाँका अनुसार अब कहिले वार्तामा बस्ने भन्नेबारे सरकारी पक्षले कुनै जवाफ नै दिएको छैन ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
