जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रा. डा.गोविन्द केसीले अनशन तोड्नुभएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै २० औं पटक अनशन बस्नुभएका डा. केसीले सरकारले माग पूरा गर्ने १० बुँदे सहमतिपछि १३औँ दिनमा शनिबार साँझ अनशन तोड्नुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा माग पूरा गर्नेबारे दुई पक्षबीच १० बुँदे सहमति भएको छ ।
उहाँले त्रिवि शिक्षण अस्पतालमा उपचाररत सुनसरीका अरमान अन्सारी र बिरामी कुरुवा कैलालीकी सरिता चौधरीका हातबाट जुस पिएर केसीले अनशन तोड्नुभएको हो ।
वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र शिक्षासचिव रामकृष्ण सुवेदी हुनुहुन्थ्यो भने केसीको पक्षबाट जीवन क्षत्री, ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र डा. विष्णु पोखरेल हुनुहुन्थ्यो ।
धनगढीबाट २७ भदौैदेखि अनशन सुरु गर्नुभएका केसीले गत तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालको एनएक्स वानको डिलक्स क्याबिन बेड नम्बर ५०१ मा अनशनरत हुनहुन्थ्यो ।
१० बुँदे सहमित यस्तो छ
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नेपाल सरकारअन्तर्गतका पाँच सय शय्याका अस्पतालहरूको प्रक्रियामा रहेका संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम गरी शीघ्र स्वीकृतिको प्रकृयामा लाने
- प्रदेशअन्तर्गत दुई सय र ५० शय्याका अस्पतालहरूको नमुना संगठन संरचनाको मस्यौदा तयार पारी आवश्यक प्रक्रियाका लागि मन्त्रालयले पत्राचार गर्ने
- स्थानीय तहमा ५, १० र १४ शय्याका अस्पतालहरू तयार पार्ने प्रक्रिया अघि बढाउनुपर्ने
- राष्ट्रिय स्वास्थ्य बिमा रणनीति स्वीकृति गरी सोहीबमोजिम स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गर्दै जाने
- प्रत्येक वडामा एक स्वास्थ्य संस्था हुने नीतिअनुरूप स्वास्थ्य सेवा नभएका दुई हजार ६ सय वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने
- कैलाली जिल्लास्थित गेटा मेडिकल कलेजलाई तत्कालन सञ्चालन गर्नुपर्ने
- व्यक्तिको स्वार्थको द्वन्द्वका लागि ग्राह्य नहुने कानुनी व्यवस्थासमेत थप गर्न संशोधनसम्बन्धी मस्यौदा तयार गरी नेपाल सरकारबाट संघीय संसद्को आगामी अधिवेशनमा पेस गर्ने
- प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्थापन गर्ने
- राष्ट्रिय चिकित्सा शिक्षा ऐन ०७५ को दफा ४७ कार्यान्वयन गर्ने
- चिकित्सा शिक्षा आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेकाले शीघ्र स्वीकृतिको प्रक्रिया अघि बढाउने
- निःशुल्क स्नाकोत्तर कार्यक्रमका लागि आवश्यक बजेट आगामी आर्थिक वर्षदेखि चिकित्सा शिक्षा आयोगका नाममा विनियोजन गर्ने व्यवस्था मिलाउने
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
