
जनस्वास्थ्य सरोकार, काठमाडौँ । खासगरी वायोमेडिकल इन्जिनियरले प्रयोगशाला सम्बन्धित उपकरणको जडान, प्रयोगकर्ताहरुलाई तालिम र उपकरण जडानपछिको मर्मतसम्भार सेवा प्रदान गर्नुपर्छ । मेसिनमा माइक्रोलेटरमा काम हुने भएकाले थोरै माइक्रोलेटरले गर्दा पनि नमुनाको रिजल्टमा ठूलो हेरफेर हुनसक्छ ।
मेसिनले गर्नुपर्ने काम प्रयोगकर्ताको नाङ्गो आँखाले देख्न सक्दैन । सरसर्ति हेर्दा मेसिन चलिरहेको भएपनि यो नरोकिएसम्म वायोमेडिकल इन्जिनियरसँग सम्पर्क गरेको पाइँदैन । मेसिनले नमुना लिएर काम गरिरहेको भएपनि मेसिनले रिपोर्ट सही दिएनदिएको प्रति चनाखो हुनुपर्छ । मेसिन चलेको भएपनि कुन अवस्थामा चलिरहेको छ ? मेसिनले लिनुपर्ने मात्राको नमुना लिएको छ कि छैन ? भन्ने कुरा ख्याल गर्नुपर्छ ।
यसरी मेसिनले काम गरेनगरेको बारे जानकारी लिन समयसमयमा मेसिनलाई क्यालिब्रेट (सर्भिसिङ) गरिरहनुपर्छ । प्रयोगकर्ताहरुले मेसिन सञ्चालनमा ल्याइरहेको भएपनि बेलाबेलामा मेसिन साँच्चिकै सही कन्डिसनमा चलनचलेको पहिचान गर्न क्वालिटी जाँच गर्नुपर्छ । वायोमेडिकल इन्जिनियरिङ दृष्टिकोणबाट कम्तिमा पनि निश्चित समयभित्र कम्पनिको इन्जिनियरलाई बोलाएर नियमित सर्भिसिङ गर्नुपर्छ । यसले नियमित रुपमा गुणस्तर कायम राख्न मद्धत पुग्छ ।
एबोट कम्पनीका मेसिनको विशेषता
अमेरिकन कम्पनि एबोटले सिक्स सिग्मा भेरिभाइड मेसिन इम्युनोएस्से एनालाइजर, बायोकेमेस्ट्री एनालाइजर एवं क्लीया मेसिन हेमाटोलोजीका उपकरणहरु नेपाली बजारमा ल्याएको छ । यो विश्वस्तरीय मेसिनमध्ये एउटा हो ।
एबोटका उपकरण जडानपश्चात् इन्टरनेटबाट मेसिनको इरर, काम गरिरहेको अवस्था, मेसिनमा इरर लक (जसले निकट भविष्यमा मेसिन स्टप गराउनसक्छ) जस्ता कुरा हेर्न सकिन्छ ।
मेसिनले कसरी काम गरिरहको छ भन्ने कुरा ट्र्याक गरेर हेर्न सकिन्छ । यसबाट मेसिनमा केही समस्या आउनेसक्नेबारे तुरुन्तै ग्राहकलाई जानकारी गराउन सकिन्छ । अहिले बजारमा आएका अत्याधुनिक उपकरणहरुले मानवीय त्रुटीलाई कम गराउदै लगेका छन् । साथै रिजल्टको विश्वसनीयता बढाउन मद्धत गरेको छ र केही हदसम्म बिरामीहरुलाई समयमै रिपोर्ट उपलब्ध गराउन केही हदसम्म मद्धत पुगेको छ ।
(प्रनिश प्रधान ल्याबलाइन ट्रेडर्स प्रा.लि.मा कार्यरत हुनुहुन्छ । उहाँले विगत ६ वर्षदेखि उपकरणको मर्मतसम्भारदेखि प्रयोगकर्ताहरुलाई दिने तालिम, उपकरण जडानपछिको सेवा उपलब्ध गराउँदै आउनुभएको छ ।)
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
