
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५७ दशमलव ६८ प्रतिशत अनुत्तीर्ण भएका छन्। काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ४२ प्रतिशत ३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।
परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए। जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भएका छन्। परीक्षामा १ हजार १ सय ७५ जना फेल भएका छन् भने २१ जना अनुपस्थित रहेका थिए।
काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीका अनुसार डेन्टल (बिडिएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन्। बिडिएस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए। परीक्षामा सहभागी भएका ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन्। परीक्षामा १२३ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेको प्रतिशत ३४ दशमलव ८४ छ।
यस्तै, एमबिबिएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन्। परीक्षामा एक हजार सात सय ५ जनाले आवेदन दिएका थिए। जसमध्ये १९ जना अनुपस्थित भएका थिए। एक जनाको परीक्षा विथहेल्ड भएको छ। एक हजार ६८६ जनाले परीक्षा दिएकोमा ७४० जना उत्तीर्ण भएका छन् भने ९४६ जना अनुत्तीर्ण भएका छन्। एमबिबिएसमा ४३ दशमलव ८९ प्रतिशत मात्र पास भएका छन्।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
