नेभिगेशन

नेपाल मेडिसिटी बयोधा अस्पतालले ५ दिनसम्म निःशुल्क मुटु परीक्षण गर्ने

जनस्वास्थ्य सरोकार, बीरगंज। बीरगंजस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालले ५ दिनसम्म निशुल्क मुटु परीक्षण गर्ने भएको छ ।

अस्पतालले यहि सेम्टेम्बर २९ गतेका दिन मनाइने विश्व मुटु दिवसको अवसर पारेर असोज ९ गते (आज) देखि असोज १३ गते सम्म निशुल्क मुटु परीक्षण गर्ने भएको हो ।

सोही अवसरमा अस्पतालले आज विरगंजको घडिअर्वा पोखरीका करिब २ सय ५० जना बढीको निशुल्क मुटु परीक्षण गरेको छ ।

अस्पताल प्रमुख विजय रिमालका अनुसार असोज १० गते (भोलि) गहवामाई स्थानका सर्वसाधारणहरुको मुटुरोग परीक्षण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । कसैको मुटुमा समस्या देखिए विशेषज्ञ चिकित्सकले परामर्श दिने उहाँको भनाइ छ ।

मानिसहरुको जीवनशैली, खानपान, व्यस्तताका कारणबाट मुुटु सम्बन्धी समस्याहरु दिनप्रतिदिन बढिरहेहकाले जनचेतना अभिबवृद्धि गर्ने उदेश्यले मुटु परीक्षण कार्यक्रम आयोजना गरिएको अस्पतालका रिमालले बताउनुभयो ।

त्यसैगरी नेपाल मेडिसिटी बयोधा अस्पतालकी मुटुरोग विशेषज्ञ डा. राधा भट्टराईले बीरगंजका सर्वसाधारणको मुटुको अवस्थाबारे अध्ययन अनुसन्धान र बालबालिकामा देखिने मुटुको बाथरोग परीक्षणलाई विशेष प्राथमिकतामा राखेको हुनाले आम सर्वसाधारणहरुले मुटु परीक्षण कार्यक्रममा सरिक हुन आग्रह गर्नुभयो ।

नेपाल मेडिसिटी बयोधा हस्पिटलले आगामी २९ सेप्टेम्बर विश्व मुटु दिवसको अवसरमा विहान ६ बजे बीरगंजको घण्टाघर देखि नेपाल मेडिसिटी बयोधा हस्पिटलसम्म म्याराथन र घण्टाघर देखि नारायणी उपक्षेत्रीय अस्पताल सम्म वाकाथन कार्यक्रम आयोजना गर्ने अस्पतालका कार्यक्रम संयोजक जितेश दासले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट