
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।
१ हजार २०६ जनाको पीसीआर परीक्षण गर्दा ४० जना र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार २२३ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार १०० जना निको भएका छन् । जसमध्ये १ हजार १७४ जना होम आइसोलेसनमा रहेका छन् भने ४९ जना संस्थागत आइशोलेशन र ११ जना आईसीयूमा छन् ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



