जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालीहरुको महान चाड विजय दशमी र शुभदिपावलीको अवसर पारेर रिजन चेयरपर्सन एन (२०२२—२३) की लायन एन्जिला श्रेष्ठको आयोजनामा एक सय जना बालबालिकाको मुख एवं दन्त स्वास्थ्य परीक्षण गरिएको । उनीहरुलाई निःशुल्क टुथ ब्रस र टुथपेष्ट वितरण गरिएको छ ।

डिस्ट्रिक ३२५—एलका गभर्नर मनिश्री बज्राचार्यको प्रमुख आथित्यमा भएको सो निःशुल्क शिविरमा विद्यार्थीहरुलाई टुथब्रसको छनौट, दुईपटक दाँत ब्रस गर्ने तरिका, दाँतको सुरक्षा गर्ने व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।

काठमाडौंको सामाखुशीमा अवस्थित संस्कार इङ्लीस स्कुलमा भएको शिविरमा मेची महाकाली बुहारी संयुक्त आवाज काठमाडौं जिल्ला शाखा र समाज डेन्टलको समन्वय एवं हेड्स नेपाल, लाइन क्लव अफ काठमाडौं लुनिभा, लाइन्स क्लव अफ काठमाडौं निर्जला, युनाइटेड भ्वाइस अफ मेची महाकाली बुहारी काठमाडौंले सपोर्ट गरेका थिए ।

सो अवसरमा उपस्थित हेड्स नेपालका अध्यक्ष प्रताप वन्त, संस्कार स्कुलका कार्यकारी निर्देशक विमला गुरुङ, लाइन्स क्लव अफ काठमाडौं लुनिभाका अध्यक्ष समेश खनाल, मेची महाकाली वुहारी संयुक्त आवाज काठमाडौंका पदाधिकारी, लाइन्स क्लव अफ काठमाडौंकी उपाध्यक्ष रेखा थापा, सचिव इशा पौडेल, कोषध्यक्ष चन्द्रा केसी, समाज डेन्टलका प्रदिप नेपाल, डा. रोमिन प्रधानलगायतका टीमबीच शुभकामना आदान प्रदान गरिएको थियो ।



नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
