
जनस्वास्थ्य सरोकार, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा परीक्षण गरिएकामध्ये ३३ प्रतिशत भन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लामा डेंगीसँग मिल्दोजुल्दो लक्षण भएकाहरुमा गरिएको परीक्षणमध्ये ३३ दशमलव ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला अस्पताल फाप्लुको ल्याबमा अहिलेसम्म रगत परीक्षण गराएका १८ जनामध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि हुने मध्ये ५ जनालाई अस्पतालमा भर्ना नै गरेर उपचार गरिएको थियो । संक्रमित सबै पुरुष रहेको अस्पतालले जनाएको छ ।
जिल्लामा डेंगी संक्रमण बढ्न थालेसँगै स्वास्थ्य कार्यालयले पालिकास्तरमै परीक्षणलाई तिब्रता दिने बताएको छ । जसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले १५० थान परीक्षण कीट पठाएको सूचना अधिकारी रामनारायण शाहले जानकारी दिनुभयो । प्राप्त कीटहरु ल्याब भएको स्वास्थ्य संस्थाहरुमा पठाइने कार्यालयले जनाएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
