
विश्व फोक्सो दिवस २०२२ ले फोक्सो/श्वासप्रश्वास स्वास्थ्यमा विश्वव्यापी असमानतालाई सम्बोधन गर्न आह्वान गराएको छ । हरेक वर्ष २५ सेप्टेम्बरमा विश्व फोक्सो दिवस मनाउने गरिन्छ ।
अहिले कोभिड १९ महामारी कम हुँदै गएपनि यसको प्रभावले विश्वव्यापी फोक्सोको स्वास्थ्य संकटलाई हाइलाइट गर्दछ जुन अहिले पनि कायमै छ ।
श्वासप्रश्वाससम्बन्धी रोगबाट हरेक देशका नागरिकहरु प्रभावित हुने गरेका छन् । तर नेपाललगायत कम र मध्यम आय भएका देशहरूमा समस्या धेरै देखिन्छ । यी देशहरुमा अनुसन्धान, रोकथाम र व्यवस्थापनका स्रोतहरू कम छन् ।
धनी र गरिब देशहरूमा यस्तो असमानतालाई सम्बोधन गर्न, स्वास्थ्य सम्बन्धित सामाजिक र वातावरणीय निर्धारकहरू जस्तैः तंबाखुको प्रयोग, वायु प्रदूषण, जलवायु परिवर्तन र गरिबीलाई महत्व दिएर हेर्नुपर्छ ।
फोक्सो/श्वासप्रश्वाससम्बन्धी बढि हुने ५ रोगहरू जुन विश्वव्यापी रूपमा बिरामी हुने र मृत्युको सबैभन्दा प्रमुख कारणमा पर्दछन् ।
- क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी)
- दम
- अतिसिध्र (एक्युट) श्वासप्रश्वास नलीको संक्रमण वा निमोनिया
- क्षयरोग (टीबी)
- फोक्सोको क्यान्सर
फोरुम अफ इन्टरनेशनल रेस्पिरेटरी सोसाइटी (एआईआरएस) को तथ्यांकअनुसार, विश्वमा करिब २० करोड व्यक्तिलाई सिओपिडीको समस्या छ जसमध्ये प्रत्येक वर्ष लगभग ३२ लाखको मृत्यु हुने गरेको छ । यो विश्वव्यापी मृत्युको तेस्रो–प्रमुख कारण मानिएको छ । यसैगरी विश्वव्यापी रूपमा २६ करोड २० लाख व्यक्तिलाई दमले असर गर्छ । यो सबैभन्दा प्रमुख नसर्ने रोगहरू मध्ये एक हो ।
यसैगरी सन् २०२० मा फोक्सोको क्यान्सरका २२ लाख भन्दा बढी नयाँ बिरामी थपिएको र १८ लाख व्यक्तिको मृत्यु भएको एआईआरएसले जनाएको छ । प्रत्येक ४ क्यान्सर मृत्युमा १ जना फोक्सोको क्यान्सर हुने गरेको छ ।

यसैगरी निम्न र मध्य आय भएका देशहरुमा तल्लो श्वासनलीको संक्रमण वा निमोनिया मृत्युको प्रमुख कारण मानिएको छ जसबाट प्रत्येक वर्ष २४ लाख भन्दा बढीको मृत्यु हुने गरेको छ । हालको समयमा कोभिड १९ ले विश्वव्यापी रूपमा निमोनियाबाट हुने मृत्युमा नाटकीय रूपमा वृद्धि गरेको एआईआरएसले उल्लेख गरेको छ ।
एआईआरएसका अनुसार, ५ वर्ष मुनिका बालबालिकामा निमोनिया नै मृत्युको प्रमुख कारण हो ।
विश्व स्वास्थ्य संगठनको वार्षिक विश्वव्यापी प्रतिवेदनले कोभिड महामारीका कारण एक दशकभन्दा बढी अवधिमा पहिलो पटक क्षयरोगबाट मृत्यु हुनेको संख्यामा वृद्धि भएको पत्ता लगाएपछि क्षयरोगपनि एउटा ठूलो बोझ बनेको छ ।
बालबालिकाको सन्दर्भ
गर्भावस्थादेखि नै फोक्सो विकासको उत्तम सुरुवात हो । स्वस्थ फोक्सोको विकास जन्मनु अघि सुरु हुन्छ । स्वस्थ बच्चा जन्मनुलाई स्वस्थ आमाबाबु चाहिन्छ । असमानता, सामाजिक वञ्चितता, संरचनात्मक जातिवाद र स्वास्थ्यका अन्य निर्धारकहरूलाई सम्बोधन गर्नु आजको आधारभूत आवश्यकता हो । गरिबी, अस्वस्थकर आवास, धुम्रपान, अस्वथकर आहारका कारण हुने मोटोपन र तनाव जस्ता गर्भावस्थाका जोखिम कारकहरूलाई कम गर्ने कुराको बेवास्ता गर्न सकिदैन । दैनिक जीवनका सबै पक्ष (घर र कार्यस्थल) मा सकेसम्म स्वस्थ रूपमा बाँच्न अभिभावकहरूको आर्थिक र सामजिक अवस्था सुद्रिड हुनुपर्छ ।
जन्मपछि विकास हुन लागेको फोक्सोले सफा हावा सास फेर्न आवश्यक छ ।
साना कण (२.५ पिएम) र र प्रदूषणका अन्य प्रकारका सम्पर्कले फोक्सोको वृद्धिलाई हानी पु¥याउँछ र फोक्सोको रोगको जोखिम बढाउँछ । साथै फोक्सोको रोग भएका बालबालिकाहरूमा तीव्र आक्रमणहरू निम्त्याउँछ । डब्ल्यूएचओको सीमालाई कानुनी रूपमा लागू गरेर प्रदूषणको जोखिमलाई कम गर्न जरुरी छ । यसका लागि यातायात, ऊर्जा उत्पादन, खेती लगायतका क्षेत्रहरूमा सरकारको पहलमा विश्वव्यापी तापलाई घटाउन व्यापक रूपमा कार्य गर्न आवश्यक छ । घरको भित्री हावाको गुणस्तर कायम राख्न अत्यावश्यक छ । कुनै पनि बच्चाले चिसो, ओसिलो वा धुवाँयुक्त घरमा बस्नु नपरोस् भन्ने कुरामा ध्यान दिनुपर्दछ ।

धुम्रपानरहित पुस्ताको विकास
फोक्सो/ श्वासप्रश्वास को समस्या भएका बालबालिका र युवाहरूको हेरचाह गर्न जरुरी छ । जसमा फोक्सो स्वास्थ्यलाई बच्चाको स्वस्थ विकासको एक भागको रूपमा विचार गर्नुपर्छ । सास फेर्न समस्या भएका बालबालिकाको धेरैजसो हेरचाह समुदायमा हुन्छ । सामुदायिक हेरचाहमात्र उपयुक्त नभएको, पर्याप्त अनुसन्धानमा पहुँच नभएको र अन्य कुनै कारणले विशेषज्ञ रेफरल समयमै गरी सही निदान सुनिश्चित गर्न सक्षम प्रणालीको विकास गर्न जरुरी छ ।
फोक्सोसम्बन्धि रोगहरुमा दीर्घकालीन हेरचाह वयस्क र बालबालिकामा भिन्न हुन्छ भन्ने कुरापनि हामी सबैले स्वीकार गर्नुपर्छ र बालबालिकाको हेरचाहको सुनिश्चितता गर्नुपर्छ । तर फोक्सो र श्वासप्रश्वासको समस्या भएका बालबालिकाको समयमै पहिचान र सहि उपचार सुरु गर्न हामी सक्रिय हुन आवश्यक पर्छ ।
धुम्रपान, सक्रिय र निष्क्रिय दुवै क्रियाकलापले बालबालिकामा फोक्सो रोगको जोखिम बढाउँछ । फोक्सोको विकासमा बाधा पुर्याउँछ र संक्रमणको जोखिम बढाउँछ । बालबालिकालाई धुम्रपानको सेवन रोक्न विज्ञापन र पहुँचलाई कम गर्न आवश्यक छ ।
मापदण्डहरूमा धुम्रपानलाई विद्यालय, कलेज र सार्वजनिक स्थलमा पूर्ण रूपमा निषेध गर्ने , बिक्री गर्ने उमेर २०–२१ वर्षमा राख्ने, मूल्यवृद्धि गर्ने, धुम्रपानरहित ठाउँहरू विस्तार गर्ने र सुर्ती उद्योगलाई बालबालिका र युवाहरूलाई लक्षित गर्नबाट रोक्ने कुराहरुमा ध्यान दिइनुपर्छ । ई–चुरोट केवल वयस्कहरूलाई मात्र धूम्रपानको विकल्पको रूपमा मार्केटिङ गर्नुपर्छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
