
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व मुटु दिवस । ‘हरेक मुटुका लागि मुटुको प्रयोग’ भन्ने मुल नाराका साथ विश्व मुटु दिवस २०२२ नेपाललगायत विश्वभर मनाइँदैछ । विश्व मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ मा मनाइन्छ ।
यसको उद्देश्य मुटु रोग र यससँग सम्बन्धित स्वास्थ्य समस्याहरूमा मानिसहरूको ध्यान आकर्षित गर्नु हो । यो आम जनतामा मुटु रोगबारे चेतना फैलाउन प्रेरित अन्तर्राष्ट्रिय अभियान हो ।
हृदयघात, मस्तिष्कघात र मुटुसँग सम्बन्धित अन्य कुनै पनि रोगबाट बच्न विभिन्न रोकथामका उपाय र जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले यो दिवस मनाइन्छ ।
सरल शब्दमा भन्नुपर्दा विश्व मुटु दिवस विश्वभरका आम मानिसमा मुटु स्वास्थ्य बारे सचेतना फैलाउने अभियान हो ।
सन् १९९९ मा विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवस मनाउने घोषणा गरेका थिए । यो विचार विश्व मुटु महासंघका अध्यक्ष एन्टोइन बेयस डे लुना (१९९७—१९९९) को थियो । यो पहिलो पटक सन् २००० मा मनाइएको थियो ।
शुरुमा विश्व मुटु दिवस हरेक वर्ष सेप्टेम्बरको अन्तिम आइतबार मनाइँदै आएको थियो र यो २०१० सम्म जारी रह्यो । सन् २०११ देखि विश्व मुटु महासंघले हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउन थालेको हो । (अब यो दिन आइतबार नै होस् भन्ने जरुरी छैन) । पहिलो विश्व मुटु दिवस २४ सेप्टेम्वर २००० मा मनाइएको थियो । विश्व मुटु महासंघ एक गैर–सरकारी संस्था हो । यो जेनेभा, स्विट्जरल्याण्डमा अवस्थित छ ।
सन् १९४६ मा स्थापित अन्तर्राष्ट्रिय कार्डियोलोजी सोसाइटी र १९७० मा स्थापित अन्तर्राष्ट्रिय कार्डियोलोजी महासंघलाई १९७८ मा एकीकृत गरी अन्तर्राष्ट्रिय समाज र कार्डियोलोजी महासंघ गठन गरियो । पछि सन् १९९८ मा इन्टरनेशनल सोसाइटी र फेडरेशन अफ कार्डियोलोजीको नाम बदलेर विश्व मुटु महासंघ राखियो ।
विश्वव्यापी रूपमा मुटु रोग विरुद्ध लड्ने यो एक मात्र संस्था हो । मुटुरोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष विश्वभर मुटु रोगसम्बन्धी विभिन्न कार्यक्रम गरी विश्व मुटु दिवस मनाइन्छ । यसको उद्देश्य संसारलाई मुटु रोगबाट मुक्त बनाउन मानिसहरूलाई प्रेरित गर्नु हो ।
विश्व मुटु महासंघले विश्वका १०० भन्दा बढी देशमा अन्य संघसंस्थासँगको सहकार्यमा विभिन्न किसिमका सचेतना कार्यक्रम आयोजना गर्दै आएको छ । यसका साथै यस दिन धेरै ठाउँमा मुटुको जाँच शिविर समेत आयोजना गरी मुटु सम्बन्धी रोगबारे सचेतना गराइन्छ ।
प्रत्येक वर्ष विश्व मुटु दिवस मनाउन विशेष विषयवस्तु तय गरिएको छ र सोही अनुसार विश्वभर विभिन्न कार्यक्रमहरु हुने गर्दछन् । यसलाई विश्व मुटु दिवसको नारा भनिएको छ ।
सन् २००० मा पहिलो विश्व मुटु दिवसको विषयवस्तु ‘लभ माइ हार्ट लेट इट विट’ थियो । हरेक वर्ष विश्व मुटु दिवसको अवसरमा विश्वभर आ–आफ्नो हकमा लाग्ने विशिष्ट विषयवस्तु अनुसार विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । सन् २००० अघि विश्व मुटु दिवसको नारा ‘आई लव माइ हार्टः लेट इट बीट’ थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार,
- मुटु रोग (कार्डियोभास्कुलर डिजिज) विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण हो ।
- कार्डियोभास्कुलर रोगबाट वर्षेनी करिब १ करोड ७९ लाख मानिसको मृत्यु हुने गरेको छ जुन विश्वव्यापी मृत्युको ३२ प्रतिशत हो । तीमध्ये ८५ प्रतिशतको मृत्यु मुटु रोग र मस्तिष्कघातका कारण हुने गरेको छ ।
- कार्डियोभास्कुलर रोगबाट हुने मृत्युको तीन चौथाई भन्दा बढी कम र मध्यम आय भएका देशका नागरिक हुने गरेका छन् ।
- सन् २०१९ मा नसर्ने रोगका कारण भएका १७ लाख अकाल मृत्यु (७० वर्ष मुनिका) मध्ये ३८% मुटुजन्य रोगका कारण भएको थियो
- धेरैजसो मुटु रोगहरूलाई सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ आहार, मोटोपना, शारीरिक निष्क्रियता र रक्सीको हानिकारक प्रयोग जस्ता व्यवहारजन्य जोखिम कारकहरूलाई रोकथाम गरेर नियन्त्रण सकिन्छ ।
- जतिसक्दो चाँडो मुटुरोग पत्ता लगायो त्यति नै चाँडो परामर्श र औषधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ ।
हृदयघात र मस्तिष्कघातहरू तत्काल हुने घटना हुन् जुन मुख्यतया मुटु वा मस्तिष्कमा रगत प्रवाह रोकिने अवरोधको कारणले हुन्छन् । यसको सबैभन्दा धेरै हुने कारण मुटु वा मस्तिष्कलाई आपूर्ति गर्ने रक्तनलीहरूको भित्री पर्खालहरूमा बोसो जम्मा हुनु हो । मस्तिष्कको रक्तनलीमा रक्तस्राव वा रगत जमेका कारण मस्तिष्कघात हुनसक्छ ।
मुटु रोग कस्ता प्रकारका हुन्छन् ?
कोरोनरी मुटु रोग– मुटुको मांसपेशीमा आपूर्ति गर्ने व्लड भेसल्स (रक्त वाहिका) मा हुने समस्या हो ।
सेरेब्रोभास्कुलर रोग– मस्तिष्कमा आपूर्ति गर्ने व्लड भेसल्स (रक्तवाहिका) मा हुने समस्या हो यो ।
पेरिफेरल आर्टरियल रोग– हात र खुट्टामा आपूर्ति गर्ने ब्लड भेसल्स (रक्तवाहिका) मा हुने समस्यालाई पेरिफेरल आर्टरियल रोग भनिन्छ ।
वाथ मुटु रोग– स्ट्रेप्टोकोकल ब्याक्टेरियाको कारणले हुने ज्वरोबाट मुटुको मांसपेशी र मुटुको भल्भमा पुग्ने क्षति वाथ मुटु रोग हो ।
जन्मजात मुटु रोग– जन्मदेखि मुटुको संरचनाको विकृतिका कारण मुटुको सामान्य विकास र कार्यलाई प्रभावित गर्ने जन्म दोष हो यो ।
डिप भेन थ्रोम्बोसिस र पल्मोनरी एम्बोलिज्म– खुट्टाको नसाहरूमा रगत जम्ने समस्या हो जसलाई बाहिर निकालेर जमेको रगत मुटु र फोक्सोसम्म पु¥याउन सक्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

