जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बिना शल्यक्रिया ४ वटा मुटुको भल्ब प्रत्यारोपण गरेको छ । ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टाभी) अन्तर्गत मुटुको भल्भ प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी गराउनुभयो ।

२०७८ साल फागुनमा गंगालालमा नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व प्रत्यारोपण गरिएको थियो ।
पहिलोपटक केन्द्रले ८० वर्षीय महिलाको मुटुमा कृत्रिम भल्व राखेको थियो । मुटुको एओर्टिक भल्व साँधुरो भएपछि ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको यस विधिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार (क्याथेटर) द्वारा मानव निर्मित भल्व मुटुभित्र छिराएर एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ ।
प्रत्यारोपण भएको भल्वले तुरुन्तै काम सुरू गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ । कृत्रिम भल्व प्रत्यारोपण भारतमा आईसीमा करिब ५० लाख रुपियाँको हाराहारीमा लाग्ने र नेपालमा नेपाली रुपियाँ २२ देखि ३० लाखमा गर्न सकिएको छ ।

विश्वमा २००२ बाट शुरु भएको यो प्रविधिको अभ्यास भारतमा २०१० मार्चमा पहिलो पटक गरिएको थियो । भारतमा सन् २०२२ मा आइपुग्दा वर्षमा एक हजार कृत्रिम भल्भको प्रत्यारोपण हुने गर्दछ । यसअघि हामी छाति नचिरी मुटुको प्वाल बन्द (एएसटी) गर्दथ्यौं । शुरुमा धेरै हुँदैथ्यो । अहिले हामी वर्षमा २५० वटा मुटुको यसरी विस्तारै शुरु गरेर आत्मनिर्भरतातर्फ पाइला अघि बढिरहेको आज अस्पतालमा आयोजित कार्यक्रममा उहाँले जानकारी दिनुभयो ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
