जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बिना शल्यक्रिया ४ वटा मुटुको भल्ब प्रत्यारोपण गरेको छ । ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टाभी) अन्तर्गत मुटुको भल्भ प्रत्यारोपण गरिएको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी गराउनुभयो ।

२०७८ साल फागुनमा गंगालालमा नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व प्रत्यारोपण गरिएको थियो ।
पहिलोपटक केन्द्रले ८० वर्षीय महिलाको मुटुमा कृत्रिम भल्व राखेको थियो । मुटुको एओर्टिक भल्व साँधुरो भएपछि ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको यस विधिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार (क्याथेटर) द्वारा मानव निर्मित भल्व मुटुभित्र छिराएर एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ ।
प्रत्यारोपण भएको भल्वले तुरुन्तै काम सुरू गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने गर्दछ । कृत्रिम भल्व प्रत्यारोपण भारतमा आईसीमा करिब ५० लाख रुपियाँको हाराहारीमा लाग्ने र नेपालमा नेपाली रुपियाँ २२ देखि ३० लाखमा गर्न सकिएको छ ।

विश्वमा २००२ बाट शुरु भएको यो प्रविधिको अभ्यास भारतमा २०१० मार्चमा पहिलो पटक गरिएको थियो । भारतमा सन् २०२२ मा आइपुग्दा वर्षमा एक हजार कृत्रिम भल्भको प्रत्यारोपण हुने गर्दछ । यसअघि हामी छाति नचिरी मुटुको प्वाल बन्द (एएसटी) गर्दथ्यौं । शुरुमा धेरै हुँदैथ्यो । अहिले हामी वर्षमा २५० वटा मुटुको यसरी विस्तारै शुरु गरेर आत्मनिर्भरतातर्फ पाइला अघि बढिरहेको आज अस्पतालमा आयोजित कार्यक्रममा उहाँले जानकारी दिनुभयो ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
