जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुघाखोकीका औषधि बालबालिकामा प्रयोग नगर्न सुझाव दिएको छ ।
गाम्बियामा रुखाखोकीको औषधि सेवन गरेका कारण ६६ जना बच्चाको मृत्यु हुनसक्ने आशंका गर्दै सो सुझाव दिएको हो । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप (रुखा(खोकीको औषधि) उत्पादन गर्दै आएको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले आशंका गर्नुभएको छ ।
डब्ल्यूएचओले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुखाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ ।
ती औषधिहरुमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा नमिलेको जनाइएको छ ।


प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

