
जनस्वास्थ्य सरोकार, तनहुँ । तनहुँमा डेँङगुको सङ्क्रमण बढ्दै गएको छ । डेँङगुका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ ।
शनिबार मात्रै एघार जनामा डेँङगु पोजेटिभ देखिएको दमौली अस्पतालले जनाएको छ । अन्य दिनको तुलनामा यो बढी हो । हालसम्म एक सयको हाराहारीमा मानिस डेँङ्गु सङ्क्रमणबाट प्रभावित भएका छन् । उन्नाइस बिरामीको रगत प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा डेँङगु पोजेटिभ भेटिएको हो ।
एक बालकसहित दश जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने एकजना आफ्नै घरमा गएको दमौली अस्पतालका सघन उपचार कक्षका अहेब राजेश क्षेत्रीले जानकारी दिनुभयो । डेँङगुका बिरामी भर्ना भएसँगै अस्पतालमा अन्य रोगका बिरामीलाई भर्ना गर्न शय्याको अभाव देखिएको उहाँले बताउनुभयो ।
अस्पतालमा उपचार आएका बिरामीमध्ये केही दिनयता दैनिक पाँच÷सात जनामा डेँङ्गु पोजेटिभ देखिन थालेको बताइएको छ । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय ५० जनासम्म ज्वरोका बिरामी हुने गरेका छन् ।
उच्च ज्वरो आएका, जीउ दुख्ने र बान्ता गर्ने बिरामीको पहिलो चरणको एनएस–१ परीक्षण गर्दा डेँङगु भेटिएको हो । उहाँले भन्नुभयो “आइडिजी र आइजिएम परीक्षणको लागि पोखरा पठाउनुपर्ने हुन्छ ।” उक्त आइडिजी र आइजिएम परीक्षण गर्दा डेँङगुका बिरामीको अवस्था र कति दिनको भयो भन्नेबारे जानकारी पाउन सकिने उहाँले जानकारी दिनुभयो ।
पन्ध्र शय्या क्षमताको अस्पतालमा चालीस शय्यासम्म राखेर सेवा दिँदा पनि शय्याको अभाव हुँदा अन्य प्रकृतिका बिरामीलाई भर्ना गरी राख्न कठिनाइ भएको उहाँले बताउनुभयो । डेँङगुबाट बच्नको लागि टोल–टोलमा गएर अझै मानिसमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको सो अस्पतालले जनाएको छ ।
ज्वरो आएमा जथाभावी एन्टिबायटिक औषधि सेवन नगर्ने, सिटामल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रमा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव सल्लाह दिइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन अभिनन्दन तिवारीले जानकारी दिनुभयो ।
आफ्नो घर वरिपरी सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने लगायतका कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
