
जनस्वास्थ्य सरोकार, न्यूयोर्क। लगभग आधा अमेरिकीहरु अमेरिकी स्वास्थ्य सेवा प्रणालीबाट निराश भएका छन् । संयुक्त राज्य अमेरिकाका लगभग ४४ प्रतिशतले चिकित्सा सेवामा असफल भएको मार्केटवाचले एक सर्वेक्षणलाई उद्धृत गर्दै प्रतिवेदन प्रकाशन गरेको छ ।
खर्च वहन गर्न नसक्दाँ गत जुनमा २६ प्रतिशत मानिसहरु र उनीका वा परिवारका सदस्यहरूले गत तीन महिनामा उपचार गर्न छोडेका बताएका थिए । सन् २०२१ जुनमा १४ प्रतिशतले त्यही भनेका थिए ।
महिला, हिस्पैनिक र अश्वेत सर्वेक्षण सहभागीहरूले अन्य लागतहरु पूरा गर्नको लागि गत १२ महिनाको अवधिमा चिकित्सा हेरचाह र औषधिमा कटौती गरेको बताउन सक्ने सम्भावना बढी थियो,’ प्रतिवेदनमा भनिएको छ ।
यो सर्वेक्षण ग्यालप र वाशिङटन डीसीमा गैर–लाभकारी संस्थाहरूको परिवारमा आधारित स्वास्थ्य अनुसन्धानकर्ताहरूद्वारा आयोजित गरिएको थियो ।सिन्ह्वा
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

