
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका उहाँमा पीसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यही अवस्था कायम रहेमा सम्भवतः भोलि मङ्गलवरासम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने उहाँको भनाइ छ ।
यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो । उहाँको उपचारमा डा. निरज वम नेतृत्वको चिकित्सक टोली खटिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

