
जनस्वास्थ्य सरोकार, काठमाडौंँ । राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
कोरोना संक्रमण भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकोमा स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ः४५ बजे उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।
अहिले राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरू सामान्य रहेका उहाँले बताउनुभयो ।
यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यस क्रममा पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

